Kathmandu Press

सहमति अमान्य भन्दै इन्जिनियरिङ अध्ययन संस्थानको परीक्षा शाखामा विद्यार्थीकाे ताला

वास्तविक विद्यार्थीको सहभागिताबिना भएको सहमति खारेज हुनुपर्ने र इन्जिनियरिङका विद्यार्थी तथा संस्थान पदाधिकारीहरुसँग बसेर अर्को सहमति गर्नुपर्ने उनीहरूको माग छ।
सहमति अमान्य भन्दै इन्जिनियरिङ अध्ययन संस्थानको परीक्षा शाखामा विद्यार्थीकाे ताला

काठमाडौं, भदौ १४ : त्रिभुवन विश्वविद्यालय र सत्तारुढ दलनिकट विद्यार्थी संगठनहरुबीच बुधबार भएको सहमतिको विरोधमा इन्जिनियरिङ अध्ययन संस्थानको परीक्षा शाखामा ताला लगाइएको छ।

बुधबार भएको सहमति खारेज हुनुपर्ने माग राखेर पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरूले ताला लगाएक हुन्। वास्तविक विद्यार्थीको सहभागिताबिना भएको सहमति खारेज हुनुपर्ने र इन्जिनियरिङका विद्यार्थी तथा संस्थान पदाधिकारीहरुसँग बसेर अर्को सहमति गर्नुपर्ने उनीहरूको माग छ।

इन्जिनियरिङ अध्ययन संस्थानले इन्जिनियरिङ शिक्षाको स्नातक तहको शुल्क बढाएर ७ लाख ७५ हजार पुर्‍याएपछि विद्यार्थीहरुले आन्दोलित भएका थिए। शुल्कवृद्धि फिर्ताको माग राखेर पुल्चोक इन्जिनियरिङ कलेजमा नेपाल विद्यार्थी संघका सुलभ चापागाईं, अखिल क्रान्तिकारीका केशव रावल, समाजवादी विद्यार्थी युनियनकी रसना यादव, अखिल क्रान्तिकारीका प्रेम सिंह आमरण अनशन बसेका थिए।

बुधबार त्रिवि पदाधिकारी र विद्यार्थी संगठनका केन्द्रीय नेताहरुले शुल्क वृद्धि फिर्ता गर्ने र विद्यार्थी प्रतिनिधिसहितको समिति बनाएर नयाँ शुल्क निर्धारण गर्ने भनी भएको सहमतिमा पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थी र स्ववियुको सहमति नरहेको भन्दै विद्यार्थीहरुले ताला लगाएका हुन्। एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले उक्त सहमति धोकाभएके बताउँदै सहमतिपत्र जलाएको छ।

प्रकाशित मिति: १५:२६ बजे, बिहीबार, भदौ १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्