Kathmandu Press

तस्बिरमा गाईजात्रा

गाईजात्रा मूलतः नेवार संस्कृतिबाट सुरू भएको हो। यो समुदायका मानिसहरु दिवंगत आफन्तहरुको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना टोलटोलमा घुम्ने गर्छन्।
तस्बिरमा गाईजात्रा

काठमाडाैं, भदाै १४ : परम्परागत सांस्कृतिक पर्व गाईजात्रा बिहीबार विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइएको छ। सो अवसरमा काठमाडौंको वसन्तपुर क्षेत्रमा पनि गाईजात्रा निकालिएको छ। भाद्र महिनामा शुक्ल पक्षको प्रतिपदामा पर्ने यो पर्वमा वर्ष दिनभित्र दिवंगत भएका आफन्तको सम्झना गर्ने गरिन्छ।

Photo (24)1693472581.JPG

विशेष गरी काठमाडाैं, भक्तपुर, ललितपुरलगायत नेवारी समदायको बाक्लो बस्ती रहेको स्थानमा मनाइने यो जात्रा काभ्रेपलाञ्चोक, नुवाकाेट, धनकुटा, सिन्धुपाल्चाेक, रामेछापमा पनि सोही समयदेखि नै मनाइँदै आइएको हो। पछिल्लो केही वर्षदेखि अन्य विभिन्न जिल्लामा समेत जात्रा विस्तार हुँदै आएको छ ।

Photo (22)1693472579.JPG

गाईजात्रा मूलतः नेवार संस्कृतिबाट सुरू भएको हो। यो समुदायका मानिसहरु दिवंगत आफन्तहरुको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना टोलटोलमा घुम्ने गर्छन्। उनीहरूलाई श्रद्धालुद्वारा दुध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । गाईलाई नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका आफन्तहरु वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास पनि छ।

Photo (26)1693472582.JPG

इतिहासअनुसार पुत्रशोकका कारण विक्षिप्त बनेकी आफ्नी रानीलाई अरुले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन मल्लकालका राजा प्रताप मल्लले गाईजात्राको थालनी गरेका हुन्। उनले जनतालाई मृतक आफन्तको नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनु भनी आज्ञा दिएपछि यो पर्व सुरु भएको मानिन्छ। राजा मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजदरबार भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि जारी छ । देशका विभिन्न शहरमा गाईजात्रा मनाइने भए पनि उपत्यकामा यसको विशेष रौनक देखिने गर्छ ।

Photo (29)1693472583.JPG

Photo (25)1693472582.JPG

Photo (27)1693472582.JPG

LG_Bhadgau-basalaykegu41693472567.jpg

Photo (19)1693472578.JPG

Photo (14)1693472576.JPG

Photo (13)1693472575.JPG

LG_Bhadgau-tahamacha(1)1693472567.jpg

Photo (11)1693472573.JPG

Photo (9)1693472571.JPG

Photo (10)1693472571.JPG

Photo (6)1693472569.JPG

BRB-Raja-IMG_20230831_0957311693472566.JPG

 

प्रकाशित मिति: १४:५६ बजे, बिहीबार, भदौ १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्