Kathmandu Press

पराराष्ट्र सम्बन्ध बलियो बनाउन नेपालको प्रस्तुतिमा सुधार आवश्यक : अर्थमन्त्री महत

‘हामीले आफ्नो राज्यको क्षमता, राज्य संरचनाहरुको क्षमता,आर्थिक सामाजिक नीतिलाई सशक्त ढंगले कार्यान्वयन गर्ने क्षमता र पराराष्ट्र सम्बन्धलाई पनि स्ट्रोङ आर्टिकुलेसनका साथ प्रस्तुत हुने क्षमता नेपालले विकसित गर्न आवश्यक छ।’
पराराष्ट्र सम्बन्ध बलियो बनाउन नेपालको प्रस्तुतिमा सुधार आवश्यक : अर्थमन्त्री महत

 काठमाडौं, भदाै १४ : अर्थमन्त्री प्रकाश शरण महतले नेपालले पराराष्ट्र सम्बन्धलाई बलियो बनाउन नेपालको प्रस्तुति बलियो हुन आवश्यक भएको बताएका छन्। 

बिहीबार काठमाडौंमा आयोजित साना राज्य क्षमताहरु : नकारात्मक प्रतिस्पर्धा र नेपालमा विदेशी नीति प्राथमिकतासम्बन्धी सेमिनारलाई सम्बोधन गर्दे उनले राज्यको क्षमता, आर्थिक, सामाजिक नीतिलाई सशक्त ढंगले कार्यान्वयन गर्ने क्षमताका साथै नेपालले पराराष्ट्र सम्बन्धलाई बलियो अभिव्यक्तिकासाथ प्रस्तुत हुने क्षमता विकास गर्न आवश्यक रहेको बताएका हुन्। 

उनले भने, ‘हामीले आफ्नो राज्यको क्षमता, राज्य संरचनाहरुको क्षमता,आर्थिक सामाजिक नीतिलाई सशक्त ढंगले कार्यान्वयन गर्ने क्षमता र पराराष्ट्र सम्बन्धलाई पनि स्ट्रोङ आर्टिकुलेसनका साथ प्रस्तुत हुने क्षमता नेपालले विकसित गर्न आवश्यक छ।’

मन्त्री महतले देशको नीतिगत निर्णयहरु परिपक्क किसिमबाट नगर्नाले विभिन्न समस्याहरु आउने गरेको टिप्पणी गरे। उनले देशमा सम्भावना छैन् भनेर विदेश मात्र जान खोज्ने प्रवृति बढ्यो भने देशमै केही गर्छु भन्नेहरुको आत्मविश्वास कम हुने बताए। 

उनले भने, ‘हाम्रो नीतिगत निर्णयहरु परिपक्क किसिमबाट नगर्नाले बेलाबखत समस्या आएको छ। देशमा बस्नु अर्थ छैन, सम्भावना नै छैन भन्यो भने लगानी गर्ने र देशमै बसेर केही गर्छु भन्नेहरुले पनि कन्फिडेन्स लुज गर्छ।’ उनले नेपाल आर्थिक रुपमा कमजोरी भएकै कारणले मात्र सानो देशको विशेषण दिएकाले आर्थिक रुपमा शसक्त्त हुन आवश्यक रहेको बताए।

प्रकाशित मिति: १४:४७ बजे, बिहीबार, भदौ १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्