Kathmandu Press

सुशासनको अभियान असफल बनाउने दुष्प्रयास भइरहेको छ : गृहमन्त्री श्रेष्ठ

बिहीबार काठमाडौंमा आयोजित नेपाल पर्वतारोहण संघको ३३औँ वार्षिक साधारण सभा कार्यक्रममा उनले सरकारले चलाएको सुशासन र भ्रष्टाचारविरोधी गतिविधिलाई असफल बनाउने प्रयास भइरहेको बताए। 
सुशासनको अभियान असफल बनाउने दुष्प्रयास भइरहेको छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं, साउन १४ : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुरु गरेको सुशासनको अभियान असफल बनाउने प्रयासहरु भइरहेको बताएका छन्। 

बिहीबार काठमाडौंमा आयोजित नेपाल पर्वतारोहण संघको ३३औँ वार्षिक साधारण सभा कार्यक्रममा उनले सरकारले चलाएको सुशासन र भ्रष्टाचारविरोधी गतिविधिलाई असफल बनाउने प्रयास भइरहेको बताए। 

उनले भने, ‘यो सुशासनको विरुद्ध ,तागतका विरुद्ध सञ्चालन गरिएको हो। ती प्रवृत्ति र तागतहरु संगठीत भएर यसलाई असफल बनाउने दुश्प्रयत्नहरु पनि गर्दैछन्। तर सरकारले यो सुशासनको अभियानलाई छोड्ने वाला छैन्।  यो अभियानबाट विश्राम लिने वाला छैन्। ’

उनले सबै युवा तथा आम जनताले सरकारले चालेको सुशासनको कदमलाई समर्थन गरेको र यसले गर्दा समृद्धिको यात्रामा तीव्र भएर अगाडी बढ्न हौसला दिएको बताए। 
 
प्रकाशित मिति: १४:३९ बजे, बिहीबार, भदौ १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्