राजनीति भनेको फूलको ओछ्यानमा सुतेजस्तो हुँदैन : मन्त्री किराती
नेपाल पर्वतारोहण संघको ३३औँ वार्षिक साधारण सभा कार्यक्रममा उनले सरकारले गरेको राम्रो कामको उदाहरण दिँदै उनले आफुहरु काडाँको बाटोमा हिडिरेको तर्क गरे।
काठमाडौं, भदाै १४ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले राजनीति भनेको फुलको ओछ्यानमा सुतेको र फुलको बाटोमा हिँडेको जस्तो सजिलो नभएको तर्क गरेका छन्।
नेपाल पर्वतारोहण संघको ३३औँ वार्षिक साधारण सभा कार्यक्रममा उनले सरकारले गरेको राम्रो कामको उदाहरण दिँदै उनले आफुहरु काडाँको बाटोमा हिडिरेको तर्क गरे।
‘राजनीति भनेको फुलको ओछ्यानमा सुत्नु हैन तरवारको धारमा आगो ज्वालामा पस्ने शाहस गर्ने मान्छेले मात्र राजनीतिमा लाग्छ। फुलको बाटो हामी हिडिरहेका छैनौं। काँडाको बाटो हिडिरहेका छौं।’ उनले पर्यटनको क्षेत्र सबैको लागि प्राथमीकताको विषय भएको बताएका छन्।
पर्यटन ऐनहरु सुधार्न आवश्यक भएको र त्यो बाटोमा आफुहर लागेको उनको भनाइ छ। ‘हामीले व्यवस्था बदल्यौं। व्यवस्था बदल्न जस्तै कठिन रहेछ अवस्था बदल्नु। अहिले हामी कम्मर कसेर लागेका छौं।’
उनले देश र जनताको सेवा गर्न र समृद्ध नेपाल निमार्णको लागि भ्रष्टचारको जरालाई फाल्न आवश्यक भएको बताए।











