Kathmandu Press

नेपालको नयाँ नक्सा नस्विकारेपछि बालेनले रद्द गरे चीन भ्रमण

चीन सरकारको निमन्त्रणामा पर्यटन प्रवर्द्धन तथा संस्कृति आदानप्रदानका लागि उनी आज (बिहीबार) बेइजिङतर्फ जाने कार्यक्रम तय भएको थियो।
नेपालको नयाँ नक्सा नस्विकारेपछि बालेनले रद्द गरे चीन भ्रमण

काठमाडौं, भदौ १४ : चीनले हालै आफ्नो नक्सा सार्वजनिक गर्दा नेपालको नयाँ नक्साअनुसारको भूभाग नदेखाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले चीन भ्रमण रद्द गरेका छन् ।

चीन सरकारको निमन्त्रणामा पर्यटन प्रवर्द्धन तथा संस्कृति आदानप्रदानका लागि उनी आज (बिहीबार) बेइजिङतर्फ जाने कार्यक्रम तय भएको थियो।

‘नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौं,' उनले फेसबकमा लेखेका छन्, 'त्यसैले आज मेरो चीनको निमन्त्रणामा हुँदै गरेको ५ दिने भ्रमण नैतिकताका आधारमा नजाने निर्णय  गरेको छु।’

नेपालले ७ जेठ, २०७७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नेपालको नयाँ नक्सा संसदबाट पारित गरेको थियो।

प्रकाशित मिति: १३:३६ बजे, बिहीबार, भदौ १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्