इन्जिनियरिङ अध्ययनमा शुल्क वृद्धि : अनेरास्ववियूले जलायो सरकारसँगकाे सहमति पत्र
त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहमा गरेको शुल्क वृद्धिबारे बालुवाटारमा गरिएको उधारो सहमति मान्य नहुने उनीहरूको भनाइ छ।1693463023.jpg)
काठमाडौं, भदौ १४ : अनेरास्ववियूले बालुवाटारमा गरिएको उधारो सहमति मान्य नहुने भन्दै सहमति पत्र जलाएको छ। बिहीबार सरकारी विद्यार्थी संगठनलाई बालुवाटार बोलाएर गरिएको उधारो सहमति नमान्ने भन्दै विरोध गरेका हुन्।
त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहमा गरेको शुल्क वृद्धिबारे बालुवाटारमा गरिएको उधारो सहमति मान्य नहुने उनीहरूको भनाइ छ। उनीहरुले शुल्क वृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी रहने बताएका छन्।
यसअघि आजै सत्ता गठबन्धन आवद्ध विद्यार्थी संघहरुसँग सहमति भएको थियो। उनीहरुले त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटा र शिक्षाध्यक्ष शिवलाल भुसालसँग पाँचबुँदे सहमति गरेका हुन्।
प्रकाशित मिति: १२:०१ बजे, बिहीबार, भदौ १४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











