Kathmandu Press

आज र भोलि काठमाडौंका यी सडकमा सवारी साधन प्रवेश निषेध

काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक महत्वको पर्व गुपुन्हि (क्वाति पुन्हि) र सापारु (गाईजात्रा) का लागि प्रयोग हुने सडकमा दुई दिन सवारी आवागमन निषेध गरिएको हो।
आज र भोलि काठमाडौंका यी सडकमा सवारी साधन प्रवेश निषेध

काठमाडौं, भदौ १४ : काठमाडौंका विभिन्न सडकमा आज र भोलि सवारी प्रवेशमा रोक लगाइएको छ।

काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक महत्वको पर्व गुपुन्हि (क्वाति पुन्हि) र सापारु (गाईजात्रा) का लागि प्रयोग हुने सडकमा दुई दिन सवारी आवागमन निषेध गरिएको हो।

काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै गाइजात्रा हुने स्थान असन, केलटोल, ईन्द्रचोक मखन, हनुमाढोका दरबार परिसर, मरू टोल –चिकमंगल, जैशिदेवल, ज्याबहाल लगन चोक – गोफल– ब्रम्हटोल – बन्डे – ह्युमत जैशिदेवल – कोहिटि भिमसेनस्थान मरू टोल प्याफल ढोकाटोल, मुकुमबही, यट्खा, नरदेवी लगायतका भित्री सडकहरूमा सवारीसाधन निषेध गरिकएको जानकारी दिएको छ।

त्यस्तै टॅगल – न्ह्यखा – बाङ्गेमुढा न्हैकन्तला असन कमलाछि भोताहिटि हुँदै असन सडकमा पनि सवारी साधन प्रवेश निषेध गरिएको छ।

प्रकाशित मिति: ०८:१० बजे, बिहीबार, भदौ १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्