Kathmandu Press

सुन तस्करी प्रकरणमा पक्राउ परेका पौडेल भन्सारका कर्मचारी

पाल्पाका पौडेल भन्सार कार्यालयमा मूल्यांकन शाखाका अधिकृत रहेको जनाइएको छ।
सुन तस्करी प्रकरणमा पक्राउ परेका पौडेल भन्सारका कर्मचारी

काठमाडौं, भदौ १३ : सुन तस्करी प्रकरणमा पक्राउ परेका गणेश पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारी भएको रहस्य खुलेको छ।

पाल्पाका पौडेल भन्सार कार्यालयमा मूल्यांकन शाखाका अधिकृत रहेको जनाइएको छ।

भन्सार कार्यालयमा कार्यरत रहेर सुन तस्करी गर्ने गिरोहलाई सहयोग गरेको सूचनाका आधारमा उनी पक्राउ परेका थिए।

सीआईबीले गरेको अनुसन्धानका क्रममा सुन तश्करी काण्डमा भन्सार कर्मचारीको संलग्नता उजागर भएको हो। उक्त प्रकरणमा ६ चिनियाँसहित पक्राउ पर्नेको संख्या २५ पुगेको छ।

प्रकाशित मिति: १९:२१ बजे, बुधबार, भदौ १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्