Kathmandu Press

एमसिसी कार्यन्वयन हुन नदिने विप्लवको चेतावनी

विप्लवले सरकारले साँच्चिकै विकास चाहे प्रधानमन्त्रीले एमसीसी खारेज गरेको घोषणा गर्नुपर्ने र सरकार जनताको पक्ष वा साम्राज्यवादको पक्षमा उभिने भन्ने प्रष्ट पारे।
एमसिसी कार्यन्वयन हुन नदिने विप्लवको चेतावनी

काठमाडौं, भदौ १३ : नेकपाका महासचिव नेत्रबिक्रम चन्द विप्लवले नेपाली जनताले एमसीसी स्वकार नगरेको भन्दै कार्यान्वयन हुन नदिने चेतावनी दिएका छन्।

एमसीसी परियोजना कार्यान्वयनविरुद्ध बुधबार काठमाडौंमा नेकपा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, क्रान्तिकारी कम्युनिष्ट पार्टी लगाएतका दलले गरेको विरोध प्रदर्शनमा बोल्दै विप्लवले मुलुकको संसदलाई देश बेच्ने अधिकार नभएको र संसदले पारित गरेको एमसीसी जनताले समेत स्वीकार नगरेको अवस्थामा यसलाई कार्यान्वयन हुन नदिने चेतावनी दिए।

उनले एमसीसी आयोजना बिकास नभएको र नेपाली सार्वभौमिकताको विनास भएको र साम्राज्यवादको अतिक्रमण भएकाले अस्वीकार गरिएको धारणा राखे। उनले सरकारलाई उचालेको भरले एमसीसी अघि बढाउन खोजे जनताले प्रतिकार गर्ने बताए।

विप्लवले सरकारले साँच्चिकै विकास चाहे प्रधानमन्त्रीले एमसीसी खारेज गरेको घोषणा गर्नुपर्ने र सरकार जनताको पक्ष वा साम्राज्यवादको पक्षमा उभिने भन्ने प्रष्ट पारे।

मुलुकको बामपन्थी समाजवादीहरुलाई सखाप पार्ने नियतका साथ अमेरिकाले नेपालमा एमसीसी लाद्न खोजेको उहाको भनाइ छ ।

प्रकाशित मिति: १८:२३ बजे, बुधबार, भदौ १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्