Kathmandu Press

डिएसपी ठगबहादुर केसीविरुद्ध भ्रष्टाचार मुद्दा

केसीले सुनको बिषयमा कार्यालयमा जानकारी नगराएको तथ्य भेटिएपछि अख्तियारले छानविन अघि बढाएको थियो।
डिएसपी ठगबहादुर केसीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, भदौ १३ : बरामद भएको सुन लुकाएको आरापमा पक्राउ परेका इलाका प्रहरी कार्यालय बुटवलका तत्कालिन प्रमुख डीएसपी ठगबहादुर केसीविरुद्ध बुधवार भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सजायको मागसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। २०७९ मंसिर २५ गते बुटवल उपमहानगरपालिका–५ हाटबजार नजिकबाट ३४ तोला सुन लिएर गएका केसीले सुन लुकाएको सूचनाका आधारमा अख्तियारले छानविन अघि बढाएको थियो।

उनको निवासबाट अख्तियारले नगद र सुन बरामद गरेको थियो। केसीले सुनको बिषयमा कार्यालयमा जानकारी नगराएको तथ्य भेटिएपछि अख्तियारले छानविन अघि बढाएको थियो।

सुन लुकाएको बिषय बाहिरिएपछि उनले सुन फिर्ता लगेको कागज गर्न लगाए पनि सुन फिर्ता नगरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ । अख्तियारले १८ लाख रुपैयाँ विगो कायम गर्दै भ्रष्टाचारमा कारवाहीका लागि मुद्दा दायर गरेको थियो।

 

प्रकाशित मिति: १७:५७ बजे, बुधबार, भदौ १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्