Kathmandu Press

राहुलमाथि संगठित अपराधमा अनुसन्धान गरिने

हिरासतमा राखेर अनुसन्धन गर्न अनुमति लिन सिआईले राहुललाई जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो।
राहुलमाथि संगठित अपराधमा अनुसन्धान गरिने

काठमाडौं, भदौ १३ : नेकपा माओवादीका नेता तथा पूर्वसभामखु कृष्णबहादुर महराका छोरा राहुल महरामाथि सिआईबीले संगठीत अपराधमा अनुसन्धन गर्ने भएको छ।

सिआईबीले उनीमाथि विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा अनुसन्धान गर्न लागेको हो।

राहुललाई सिआईबीले बुधबार दिउँसो पक्राउ गरेको थियो। हिरासतमा राखेर अनुसन्धन गर्न अनुमति लिन सिआईले राहुललाई जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो।

भेपमा लुकाएर भएको सुन तस्करी प्रकरणमा उनको नाम जोडिएको थियो। चिनियाँ व्यापारी दावासँग राहुलको पटक टक टेलिफोन सम्पर्क भएको सिआइबीको अनुसन्धानबाट खुलेको थियो।

तस्करीमा संलग्न व्यापारीसँग माओवादी उपाध्यक्ष महरा र उनका छोरा राहुलको पटक पटक टेलिफोन सम्पर्क भएको खुले पनि उनीहरुमाथि अनुसन्धान नभएको भन्दै सार्वजनिक रुपमा विरोध हुँदै आएको थियाे।

प्रकाशित मिति: १७:३२ बजे, बुधबार, भदौ १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्