एमसिसी परियोजना आजबाट कार्यान्वयनमा
अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसिसीका कम्प्याक्ट सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डले बुधबार अर्थ मन्त्रालयमा प्रमुख सरोकारवालाहरूको उपस्थितिमा एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयन चरणमा प्रवेश (इन्ट्री इन्टु फोर्स–ईआईएफ) सम्बन्धी पत्र आदानप्रदान भएको छ।
काठमाडौं, भदौ १३ : बहुचर्चित मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) परियोजना एमसिसीका परियोजना आजबाट कार्यान्वयनमा गएको छ।
अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसिसीका कम्प्याक्ट सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डले बुधबार अर्थ मन्त्रालयमा प्रमुख सरोकारवालाहरूको उपस्थितिमा एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयन चरणमा प्रवेश (इन्ट्री इन्टु फोर्स–ईआईएफ) सम्बन्धी पत्र आदानप्रदान भएको छ। यससँगै पाँच वर्षको समय तोकिएको एमसिसीका परियोजना कार्यान्वयनमा गएको छ।
त्यसका लागि आज अर्थ मन्त्रालयमा एक औपचारिक समारोहकाे आयोजना गरिएकाे थियाे। एमसिसी कार्यान्वयन सुरु भएपछि अर्थमन्त्री डा. महतले राष्ट्रिय गौरवको आयोजनाका रुपमा घोषित विद्युत प्रसारण आयोजना र नेपालको रणनैतिक सडक सञ्जालमा लगानी गर्ने सडक मर्मत आयोजनाको कार्यान्वयन घोषणा गर्न पाउदा खुसी लागेको बताए। उनले नेपालको आर्थिक बिकासलाई सघाउने एमसीसीका कार्यक्रमहरुले नेपाली जनता लाभान्वित हुने भन्दै तोकिएको समयभित्रै कार्यान्वयन हुने विश्वास व्यक्त गरे।
त्यस्तै एमसिसीका कम्प्याक्ट सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डले नेपाल र एमसीसीबीचको साझेदारीका सन्दर्भमा यो उत्साहजनक क्षण भएको बताए। नेपालको आर्थिक बृद्धिलाई अघि बढाउनका लागि नेपालसंग अन्य आवश्यक सहकार्य गर्ने उहाको भनाइ छ।
यसअघि गत साउन ३१ गते बसेको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) को सञ्चालक समितिले भदौ १३ गतेलाई इआइएफ मिति तोक्ने निर्णय गरेको थियो।
काठमाडौं, भदौ १३ : नेपाल सरकार अर्थ मन्त्रालय र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) बीच २०७४ भदौ २९ मा भएको मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) को पूर्ण रुपमा लागू हुने मिति (इन्ट्री इन टु फोर्स–इआइएफ) आजदेखि सुरु हुँदैछ।
आज अर्थ मन्त्रालयमा आयोजना हुने एक औपचारिक समारोहबीच अर्थमन्त्री डा प्रकाशशरण महत र एमसिसीका कम्प्याक्ट सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डले इआइएफसम्बन्धी पत्र आदानप्रदान गर्ने कार्यक्रम रहेको छ। यसअघि गत साउन ३१ गते बसेको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) को सञ्चालक समितिले भदौ १३ गतेलाई इआइएफ मिति तोक्ने निर्णय गरेको थियो।
एमसिसी नेपाल कम्याक्टअन्तर्गत बन्ने विद्युत् प्रसारण लाइन र सडक निर्माण आयोजनाको काम इआइएफ मिति घोषणा भएको पाँच वर्षभित्रमा सम्पन्न गरिसक्नुपर्नेछ। यसरी पाँच वर्ष गणना थालिने अवधि इआइएफ हो। सुरुआती सम्झौतामा वि.सं. २०७७ असार १६ गते ९२०२० जुन ३०० बाट इआइएफ सुरु हुने भनिएको थियो। एमसिसी कम्प्याक्ट संसद्बाट अनुमोदन गर्ने विषय लामो समयसम्म विवादित बन्दा र कम्प्याक्ट लागु हुनुअघि पूरा गरिसक्नुपर्ने भनिएका काम समयमै नसकिँदा इआइएफ मिति घोषणामा ढिलाइ भएको थियो।
अमेरिकी अनुदानसम्बन्धी यो सम्झौतामा हस्ताक्षर भएदेखि लागु हुने अवस्थासम्म आइपुग्न छ वर्ष लागेको छ। अर्थ मन्त्रालय र एमसिसीबीच २०७४ भदौ २९ ९२०१७ सेप्टेम्बर १४० मा भएको सम्झौता २०७८ फागुन १५ गतेको संसद् बैठकबाट १२ बुँदे व्याख्यात्मक घोषणासहित अनुमोदन भएको थियो ।











