संसदीय समितिको प्रभावकारी सञ्चालन गर्न सभापतिलाई सभामुखकाे निर्देशन
बुधबार सिंहदरबारमा विषयगत समितिका नवनिर्वाचित सभापतिसंग छलफल गर्दै सभामुख घिमिरेले विचाराधीन विधेयकहरू अगाडी बढाउने र समितिको कामकारबाहीलाई प्रभावकारी र चुस्त बनाउन निर्देशन दिएका हुन्।
काठमाडौं, भदौ १३ : सभामुख देवराज घिमिरेले संसदीय समितिको प्रभावकारी सञ्चालनका साथै विचाराधीन विधेयकलाई शीघ्र रुपमा अघि बढाउन समितिका सभापतिलाई निर्देशन दिएका छन्।
बुधबार सिंहदरबारमा विषयगत समितिका नवनिर्वाचित सभापतिसंग छलफल गर्दै सभामुख घिमिरेले विचाराधीन विधेयकहरू अगाडी बढाउने र समितिको कामकारबाहीलाई प्रभावकारी र चुस्त बनाउन निर्देशन दिएका हुन्।
संघीय संसदका दायित्वहरु समितिमार्फत पुरा गर्ने र समितिका कामहरूलाई प्रभावकारी बनाउने विषयमा बैठकमा उहाले सभापतिसंग छलफल गरेका हुन्।
समितिले विधेयकलाई सरोकारवालासँग प्रभावकारी रुपमा छलफल गरेर छिट्टो टुंग्याउने र सभामा ल्याउने काममा अघि बढ्नुपर्नेमा उनले जोड दिए।
छलफलमा विधेयक र समितिको कामलाई प्रभावकारी रुपमा अगाडि बढाउन आफुहरुले आवश्यक भूमिका खेल्ने समिति सभापतिहरुले बताएका थिए।
प्रकाशित मिति: १६:१८ बजे, बुधबार, भदौ १३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार