Kathmandu Press

 पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल पक्राउ

इलेक्ट्रिक चुरोट (भेप) मा सुन ल्याएको प्रकरणमा मुछिएका राहुललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुधबार पक्राउ गरेको हो।
 पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल पक्राउ

काठमाडौं, भदौ १३ : पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन्।

इलेक्ट्रिक चुरोट (भेप) मा सुन ल्याएको प्रकरणमा मुछिएका उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आज दिउँसो पक्राउ गरेको हो।

गत वर्ष भेपमा लुकाएर भएकाे सुन तस्करी प्रकरणमा उनकाे नाम जोडिएकाे थियाे। चिनियाँ व्यापारी दावासँग राहुलको पटक टक टेलिफोन सम्पर्क भएको सिआइबीकाे अनुसन्धानबाट खुलेको थियो।

तस्करीमा संलग्न व्यापारीसँग माओवादी उपाध्यक्ष महरा र उनका छोरा राहुलको पटक पटक टेलिफोन सम्पर्क भएको खुले पनि उनीहरुमाथि अनुसन्धान नभएको भन्दै सार्वजनिक रुपमा विरोध हुँदै आएकाे छ।

राहुल आफैंले पनि सिआइबी जान लागेकोबारे सामाजिक सञ्जालरमार्फत जानकारी दिएका थिए। ‘हामीमाथि हिलो छ्याप्ने कोसिस भएकाले स्वयम सिआइबीमा उपस्थित भै अनुसन्धानमा सहजीकरण गर्दैछु। नबिराउनु, नडराउनु,’ उनले लेखेका छन्।

प्रकाशित मिति: १६:२३ बजे, बुधबार, भदौ १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्