Kathmandu Press

एमसिसीको १२ बुँदे व्याख्यात्मक घोषणा मुख्य विषय : सञ्चार मन्त्री शर्मा 

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले उक्त भनाई राखेकी हुन्।
एमसिसीको १२ बुँदे व्याख्यात्मक घोषणा मुख्य विषय : सञ्चार मन्त्री शर्मा 

काठमाडौं, भदौ १३ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एमसीसी कार्यान्वयनमा शंका नरहेको बताएकी छन्। 
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले उक्त भनाइ राखेकी हुन्।

उनले एमसीसी भन्दा पनि १२ बुँदे व्याख्यात्मक घोषणा कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने मुख्य विषय रहेको बताइन्।उनले एमसीसी कार्यान्वयनमा आशंका नगर्न आग्रह गरिन्।

सञ्चार मन्त्री शर्माले भनिन्, ‘एमसीसी कार्यान्वयन हुने कि नहुने भन्ने त प्रश्न नै रहेन। स्वभाविक ढंगले कार्यान्वय हुने नै भयो। व्याख्यात्मक घोषणा सार्वजनिक गर्यौँ, त्यो कुरा आकर्षित हुन्छ कि हुँदैन भन्ने मेजर कुरा हो। त्यसकारण यसका निम्ति सरकार सचेत छ।’

मन्त्री शर्माले एमसीसीका बिषयमा प्रधानमन्त्रीले पनि सार्वजनिक रुपमा अभिव्यक्ति दिएको बताउँदै कुनै समस्या आए समाधान खोजिने पनि बताइन्।

उनले व्याख्यात्मक घोषणा आकर्षित हुन्छ कि हुँदैन भन्ने मेजर कुरा रहेको पनि बताइन्। उनले यस विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि सार्वजनिक रुपमा अभिव्यक्ति दिएको बताउँदै कुनै समस्या आए समाधान खोज्ने बताइन्। 

प्रकाशित मिति: १६:१३ बजे, बुधबार, भदौ १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्