Kathmandu Press

चितवन कांग्रेसका १८ जना बागी नेताको निलम्बन फुकुवा 

कांग्रेसको केन्द्रीय अनुशासन समितिले चितवन जिल्ला कार्य समितिलाई पत्र उठाउँदै १८ जना वागी नेतालाई कारबाही फुकुवा भएको जानकारी गराएको छ।
चितवन कांग्रेसका १८ जना बागी नेताको निलम्बन फुकुवा 

काठमाडौं, भदौ १३ : नेपाली कांग्रेसले गत मंसिर ४ को निर्वाचनमा बागी उठेका उम्मेदवारको निलम्बन फुकुवा गरेको छ।

कांग्रेसको केन्द्रीय अनुशासन समितिले चितवन जिल्ला कार्य समितिलाई पत्र उठाउँदै १८ जना वागी नेतालाई कारबाही फुकुवा भएको जानकारी गराएको छ।

कारबाही फुकुवा हुनेमा दिनेश कोइराला, चितवन काँग्रेका पूर्व सभापति कृष्णलाल सापकोटा, पूर्वसांसद भीमबहादुर श्रेष्ठ, तत्कालीन महासमिति सदस्य मीना खरेलको पनि निलम्बन फुकुवा गरिएको छ।

१८ जनाको निलम्बन फुकुवा गरिए पनि काँग्रेस चितवनका विद्रोही नेता जगन्नाथ पौडेलको निलम्बन भने फुकुवा गरिएको छैन।

पौडेलले काँग्रेसका उम्मेदवारविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार रवि लामिछानेको पक्षमा खुलेर भोट मागेका थिए। 
 
प्रकाशित मिति: १५:५८ बजे, बुधबार, भदौ १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्