Kathmandu Press

धुलिखेल अस्पतालका कर्मचारी र विद्यार्थीको गीत ‘थाहा भयो’ सार्वजनिक

प्याथोलोजीका असिस्टेन्ट प्रोफेसर डा. विनोद ढकालले लेखेका शब्दमा डा.इलाज प्रसाईंले स्वर भरेका छन्। गीतमा कम्पोजिसन पनि गायक प्रसाईंकै छ।
धुलिखेल अस्पतालका कर्मचारी र विद्यार्थीको गीत ‘थाहा भयो’ सार्वजनिक

काठमाडाैं, भदाै १३ : धुलिखेल अस्पतालका कर्मचारी र विद्यार्थीहरु मिलेर निर्माण गरिएको गीत ‘थाहा भयो’ सर्वाजनिक भएको छ।

प्याथोलोजीका असिस्टेन्ट प्रोफेसर डा. विनोद ढकालले लेखेका शब्दमा डा.इलाज प्रसाईंले स्वर भरेका छन्। गीतमा कम्पोजिसन पनि गायक प्रसाईंकै छ।

Hardik ivf

डा. ढकालका हालसम्म ५० भन्दा बढी कविता र कथा प्रकासित भइसकेका छन् भने उनको एउटा उपन्यास प्रकाशोन्मूख छ।

बालकृष्ण सेवाचार्यले मिक्सिङ र एसेन्जे गरेको गीतको भिडियो डा. सिजन श्रेष्ठ र भावना मण्डल बनाएका हुन्। भिडियोमा प्रनिक गुरुङलाई देख्न सकिन्छ।

प्रकाशित मिति: १४:५८ बजे, बुधबार, भदौ १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्