समाजवादी मोर्चाको धनगढीसभा स्थगनको अन्तर्य एमसिसीमा मतभेद

काठमाडौं, भदौ १३ : समाजवादी मोर्चाको बुधबारका लागि तय गरिएको धनगढी सभा स्थगित हुनुको कारण एमसिसीमा नेताहरुको खटपट रहेको देखएिको छ।
सभामा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र जसपा सुदूरपश्चिम प्रदेश इन्चार्ज गोविन्द चौधरीलगायतले सम्बोधन कार्यक्रम तय भएको थियो। यद्यीि, मोर्चाका अन्य नेताहरुले शीर्ष नेताको कार्यव्यस्तताका कारण सभा स्थगित भएको दाबी गरेका छन् ।
बुधबारदेखि एमसिसी कार्यान्वयन हुँदैछ। नेकपाका महासचिव विप्लवले एमसिसी कार्यान्वयन हुने भएपछि आफूहरू सँगै सभामा जान नसक्ने बताएपछि सभा रोकिएको जनाइएको छ।
बुधबार बिहान बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र विप्लवबीच भेटवार्ता भएको थियो । मोर्चाको घोषणापत्रको मूल मर्मविपरीत अघि बढ्न खोजेपछि सँगै सभामा जान नसकिएको नेकपाका नेताहरुले बताएका छन् ।











