Kathmandu Press

कांग्रेस नेता शशांकले जेल पुगेर खाणलाई भेटे 

कोइराला खाणलाई भेट्न बुधबार बिहान सवा १० बजे केन्द्रीय कारागार पुगेका थिए। कोइरालाले करिब एक घण्टासम्म खाणसँग कुराकानी गरेको जनाइएको छ।
कांग्रेस नेता शशांकले जेल पुगेर खाणलाई भेटे 

काठमाडौं, भदौ १३ : नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले केन्द्रीय कारागार सुन्धारा पुगेर पूर्वगृहमन्त्री बालकृष्ण खाणलाइ भेटेका छन्। 

कोइराला खाणलाई भेट्न बुधबार बिहान सवा १० बजे केन्द्रीय कारागार पुगेका थिए। कोइरालाले करिब एक घण्टासम्म खाणसँग कुराकानी गरेको जनाइएको छ।

खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा छन्। खाणसहित नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका अभियुक्तहरुले रिहा गर्न माग गरेको निवेदन उच्च अदालत पाटनमा विचाराधिन छ। 
 
प्रकाशित मिति: १३:३९ बजे, बुधबार, भदौ १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्