Kathmandu Press

सुन तस्करी प्रकरणमा पौडेल पक्राउ 

पौडेलको पक्राउसँगै ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या २४ पुगेको छ।
सुन तस्करी प्रकरणमा पौडेल पक्राउ 

काठमाडौं, भदौ १३ : सुन तस्करी प्रकरणमा प्रहरीले बुधवार थप एकजनालाई पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले पाल्पाका गणेश पौडेललाई पक्राउ गरेको हो।

पौडेलको पक्राउसँगै ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या २४ पुगेको छ।

गत २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको ६० किलो सुन राजस्व अनुसन्धान विभागको टोलीले सिनामंगलबाट बरामद गरेको थियो ।
 

प्रकाशित मिति: १३:३५ बजे, बुधबार, भदौ १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्