Kathmandu Press

मानसिक तनाव भएको भन्दै विमानस्थल भन्सारका १३७ कर्मचारीले मागे सरुवा 

सरुवाका लागि भन्सार विभागमा निवेदन दिएका हुन्। सरुवा माग्नेमा विमानास्थल भन्सार कार्यालयका ३५ अधिकृतसमेत छन्।
मानसिक तनाव भएको भन्दै विमानस्थल भन्सारका १३७ कर्मचारीले मागे सरुवा 

काठमाडौं, भदौ १३ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका एक सय ३७ जना कर्मचारीले सामूहिक सरुवाको माग गरेका छन्। ति कर्मचारीले कार्यालयमा रहँदा मानसिक तनाव र दुःख झेल्नु परेको कारण दर्शाएका छन्। 

सरुवाका लागि भन्सार विभागमा निवेदन दिएका हुन्। सरुवा माग्नेमा विमानास्थल भन्सार कार्यालयका ३५ अधिकृतसमेत छन्।

भन्सार विभागका महानिर्देसकलाई संवोधन गर्दै दिएको निवेदनमा ६० किलो सुनको विषयमा विभिन्न निकायबाट अनुसन्धान र छानबिनको वहानामा दुःख दिएको उल्लेख छ। उनीहरुले कार्यालयमा बसेर कामकारबाही गर्न कठिनाइ भएको निवेदनमा जनाएक छा्। 

यस्तै कर्मचारीले मानसिक तनावका कारण घर, परिवार तथा समाजबाट समेत बहिष्कार हुने स्थिति सिर्जना भएको समेत बताएका छन्। सुन प्ररकणलाई लिएर आफुहरुप्रति हेर्ने दृष्टिकोण समेत पूर्ण नकरात्मक हुँदै गएको भनाई पनि ति कर्मचारीको छ। 
 
प्रकाशित मिति: १३:२३ बजे, बुधबार, भदौ १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्