पाकिस्तान पुगेको नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीले दिए जितकाे शुभकामना
बुधबार बिहान पाकिस्तानमा रहेको नेपाली टोलीसँग भर्चुअल बैठक गर्दै उहाँले जितका शुभकामना व्यक्त गरेका हुन्।
काठमाडाैं, भदाै १३ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एसिया कप क्रिकेटका लागि पाकिस्तान पुगेको नेपाली क्रिकेट टोलीलाई जितका लागि शुभकामना दिएका छन्।
बुधबार बिहान पाकिस्तानमा रहेको नेपाली टोलीसँग भर्चुअल बैठक गर्दै उहाँले जितका शुभकामना व्यक्त गरेका हुन्।
प्रधानमन्त्री प्रचण्डले प्रतियोगितामा नेपालले राम्रो नतिजा निकाल्ने विश्वास व्यक्त गर्दै खेल क्षेत्रको विकास र खेलाडीको हितका निम्ति आफूले हमेसा ध्यान दिँदै आएको बताए।
बैठकमा नेपाली टोलीका क्याप्टेन रोहित पौडेलले आफ्नो टोलीले राम्रो तयारी गरिरहेको र त्यहीअनुसार प्रतिस्पर्धामा प्रस्तुति रहने प्रधानमन्त्रीलाई जानकारी गराएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
एसिया कप क्रिकेटमा पहिलो पटक सहभागिता जनाएको हो।
प्रकाशित मिति: १२:४० बजे, बुधबार, भदौ १३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











