Kathmandu Press

जनकपुरमा बुद्ध एयरको जहाज अवतरण गर्न सकेन, काठमाडौं फर्कियो

बुद्ध एयरको जहाज 9N-AJOमा प्राविधिक समस्या देखिएको हुँदा जहाजलाई पुनः काठमाडौं ल्याएर अवतरण गराइएको बुद्ध एयरले जनाएको छ।
जनकपुरमा बुद्ध एयरको जहाज अवतरण गर्न सकेन, काठमाडौं फर्कियो

काठमाडौं, भदाै १३ : काठमाडौंबाट जनकपुरका लागि उडेको बुद्ध एयरको जहाज जनकपुर विमानस्थलमा अवतरण गर्न सकेन। जनकपुरमा अवतरण गर्न नसकेपछि सो जहाज काठमाडौं ल्याएर अवतरण गरिएको छ।

बुद्ध एयरको जहाज 9N-AJOमा प्राविधिक समस्या देखिएको हुँदा जहाजलाई पुनः काठमाडौं ल्याएर अवतरण गराइएको बुद्ध एयरले जनाएको छ। यात्रुलाई अर्को जहाजबाट जनकपुर पठाउने तयारी भइरहेको बुद्ध एयरले सामाजिक सञ्जालफर्मात जनाएको छ।

‘काठमाडौंबाट जनकपुर 501, जहाज 9N-AJO मा प्राविधिक समस्या देखिएको हुँदा जहाजलाई पुनः काठमाडौं अवतरण गराई यात्रुलाई अर्को जहाजबाट जनकपुर पठाउन लागिएको छ,’ बुद्ध एयरले ट्विटरमा लेखेको छ।

जहाज टेक्निकल टिमले चेकजाँच गरिहेको उसले जनाएको छ। बुद्ध एयरले यात्रुवर्गमा पर्नगएको असुविधाप्रति क्षमा पनि मागेको छ।

प्रकाशित मिति: ११:२४ बजे, बुधबार, भदौ १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्