Kathmandu Press

पाल्पामा गुडिरहेको जिपमाथि सुख्खा पहिरो खस्दा ३ जनाको मृत्यु, ८ जना घाइते

स्कार्पियो पुरिंदा यमबहादुर बोहरा, अन्दाजी ५० वर्षीया मनकला चुदारा र रेत भुजेलको मृत्यु भएको प्रहरीले जनाएको छ।
पाल्पामा गुडिरहेको जिपमाथि सुख्खा पहिरो खस्दा ३ जनाको मृत्यु, ८ जना घाइते

पाल्पा, भदौ १३ : पाल्पाको जोर्तेमा सुख्खा पहिरोले स्कार्पियो पुरिंदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।

तम्घासबाट बुटवलका जाँदै गरेको लु १ ज ४६०० नम्बरको स्कार्पियो जोर्तेमा ढुंगासहितको पहिरोले पुरिएर थियो।

स्कार्पियो पुरिंदा यमबहादुर बोहरा, अन्दाजी ५० वर्षीया मनकला चुदारा र रेत भुजेलको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा आठ जना घाइते भएको बताइएको छ। उनीहरुमा चालक बालकृष्ण श्रेष्ठ, अन्दाजी ३६ वर्षीया सुष्मा राना घर्ती, अन्दाजी ६ वर्षीया सुरबी घर्ती, ५ महिनाकी शिवा घर्ती, २७ वर्षीया स्कृति थापा, ५ वर्षीया सुष्मा थापा, शोभा घर्तीमगर र टेकबहादुर घर्तीमगर रहेको प्रहरीले जनाएको छ।

घाइतेलाई स्थानीय र प्रहरीसहितको टोलीले उद्धार गरी अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ११:१७ बजे, बुधबार, भदौ १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्