Kathmandu Press

समाजवादी मोर्चाको सन्देश सभा आज धनगढीमा, शीर्ष नेताहरूले सम्बोधन गर्ने

सुदूरपश्चिम प्रदेशस्तरीय सन्देश सभालाई प्रधानमन्त्री एवं नेकपा माओवादी  केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
समाजवादी मोर्चाको सन्देश सभा आज धनगढीमा, शीर्ष नेताहरूले सम्बोधन गर्ने
फाइल तस्वीर

काठमाडौं, भदौ १३ : समाजवादी मोर्चा नेपालले आज धनगढीमा सन्देश सभाको आयोजना गर्ने भएको छ । सुदूरपश्चिम प्रदेशस्तरीय सन्देश सभालाई प्रधानमन्त्री एवं नेकपा माओवादी  केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सन्देश सभालाई मुख्य गरी मोर्चामा रहेका चार दलका नेताहरूले सम्बोधन गर्ने भएका हुन् । सन्देश सभालाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव विप्लव र जसपा सुदूरपश्चिम प्रदेश इन्चार्ज गोविन्द चौधरीले सम्बोधन गर्ने छन् । 

मोर्चाले सातै प्रदेशमा सन्देश सभा गर्न लागेको हो । 

प्रकाशित मिति: ०८:१० बजे, बुधबार, भदौ १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्