Kathmandu Press

दिनेशकुमार घिमिरे सचिवमा बढुवा

मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रशासन सेवा समूहिकरण तर्फ राजपत्राङ्कीत बिशिष्ट श्रेणीको रिक्त सचिवमा घिमिरेलाई बढुवा गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
दिनेशकुमार घिमिरे सचिवमा बढुवा

काठमाडौं, भदौ १२ : सरकारले दिनेशकुमार घिमिरेलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ।

मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रशासन सेवा समूहिकरण तर्फ राजपत्राङ्कीत बिशिष्ट श्रेणीको रिक्त सचिवमा घिमिरेलाई बढुवा गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

भदौ ५ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोपीकृष्ण खनाल निवृत्त भएपछि रिक्त एक पदका लागि बढुवा समितिले तीन जनाको नाम सिफारिस गरेको थियो। जसमध्ये मन्त्रिपरिषद्ले दिनेश कुमार घिमिरेलाई बढुवा गर्ने निर्णय गरेको हो।

बैठकले अर्थमन्त्रालयको प्रस्तावमा प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार केसी र माधव सापकोटालाई निजिकरण समितिको सदस्यमा मनोनित गर्ने निर्णय गरेको छ । यस्तै, नेपाल र फिलिपिन्सबीच कुटनीतिक र सरकारी राहदानी बाहकलाई प्रवेशाज्ञा छुट दिन सम्झौतामा हस्ताक्षर गर्न स्वीकृती दिने निर्णय गरेको छ।

बैठकले भन्सार विधेयक र विद्युत विधयेकलाई सदनमा प्रस्तुत गर्ने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिइन्। त्यस्तै बैठकले औषधी लिमिटेडको महाप्रवन्धक पदमा कैलास कुमार पनेरुलाई नियुक्त गर्ने निर्णय गरेको छ।

प्रकाशित मिति: २०:५१ बजे, मंगलबार, भदौ १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्