‘माओवादीले अघि सारेको जातीय राज्यको दुष्परिणाम देखिन थाल्याे’
संसद भवनबाट बाहिँदै उनले माओवादीले जातीय विजारोपणलाई अघि सारेको र त्यसैको दुष्परिणाम अहिले समाजमा देखिन थालेको आरोप लगाए।
काठमाडौं, भदौ १२ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले माओवादीले अघि सारेको जातीय राज्यको अवधारणाको दुष्परिणाम अहिले देखिन थालेको बताएका छन्।
संसद भवनबाट बाहिँदै उनले माओवादीले जातीय विजारोपणलाई अघि सारेको र त्यसैको दुष्परिणाम अहिले समाजमा देखिन थालेको आरोप लगाए।
‘माओवादीले जुन किसिमको जातीय राज्यको अवधारणा अगाडि सारेर एक प्रकारले विभाजनको विजारोपण ग¥यो त्यसको दुष्परिणामहरु अहिले देखिन थालेका छन्,’ उनको प्रक्रिया थियो।
अध्यक्ष लिङ्देनले सामाजिक द्वन्द्वतर्फ समाजलाई धकेल्ने काम तत्काल रोक्नुपर्ने बताए।
कोशी प्रदेश सरकारमा सहभागी हुने–नहुनेबारे निर्णय गर्न राप्रपाले हतार नगर्ने पनि उनले बताए। उनले भने, ‘यथास्थितिमा कोशी प्रदेश सरकारमा सहभागी हुने सम्भावना छैन, अहिले कसैलाई सघाउने निणर्य गरेका छौंनौ, हतार गर्दैनौ।’
प्रकाशित मिति: १८:२१ बजे, मंगलबार, भदौ १२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











