Kathmandu Press

‘एमसिसीबारे आफूले धेरै बोल्दा फाइदा गर्दै, व्याख्यात्मक घोषणाका बारे एलफोर्डसँग सोध्छु’

‘म व्याख्यात्मक घोषणालाई सम्झौताको अंश बनाउने हो वा होइन सिधा भाषामा राख्ने छु। त्यसपछि के गर्नुपर्छ के हुन्छ भनेर मोर्चामा सल्लाह गरेर गरिन्छ,’ प्रधानमन्त्री दमालले भने।
‘एमसिसीबारे आफूले धेरै बोल्दा फाइदा गर्दै, व्याख्यात्मक घोषणाका बारे एलफोर्डसँग सोध्छु’

रुपन्देही, भदौ १२ : प्रधानमन्त्री पुष्पकमल दाहालले एमसिसी बारे आफूले धेरै बोल्दा फाइदा नहुने बताएका छन्। समाजवादी मोर्चाले बुटलमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले एसिसीका सन्दर्भमा आफूले धेरै बोल्नु उचित नहुने बताएका हुन्।

एमसिसी अनुमोदन गर्ने क्रममा आफूले के–के गरेँ भनेर फेहरिस्त पेश गर्ने हो भने नेपालको परराष्ट्र नीतिको सन्तुलन बिग्रिने खतरा रहेको उनले बताए।

बुधबारबाट नेपालमा उर्जा र सडक पूर्वाधार विकासमा ५ सय मिलियनको अमेरिकी अनुदान सहयोग परियोजना एमसिसी कार्यान्वयनमा जाँदैछ। एमसिसीको औपचारिक घोषणा कार्यक्रममा सहभागी हुन् एसिससीका उपाध्यक्ष क्यामरुन एलफोर्ड नेपाल आएका छन्।

एमसिसीको १२ बुँदे ब्याख्यात्मक घोषणा कार्यान्वयन हुनेमा आशंका व्यक्ति गर्दै प्रधानमन्त्री दाहालले ब्याख्यात्मक घोषणालाई एसिसीको अंश बनाउने कि नबनाउने भनेर अमेरिकी अधिकारीलाई सोध्ने बताए।

‘ब्याख्यात्मक घोषणालाई कार्यान्वयन गर्न हुन्छ कि हुन्न भन्नेमा आशंका छ। एमसिसीका उपाध्यक्ष नेपाल आउनु भएको छ। म व्याख्यात्मक घोषणालाई सम्झौताको अंश बनाउने हो वा होइन सिधा भाषामा राख्ने छु। त्यसपछि के गर्नुपर्छ के हुन्छ भनेर मोर्चामा सल्लाह गरेर गरिन्छ,’ प्रधानमन्त्री दमालले भने।

संसदबाट सर्वसम्मत रुपमा पास भएको १२ बुँदे व्याख्यात्मक घोषणा सदनको सम्पत्ति भएको उनले बताए।

प्रकाशित मिति: १८:१३ बजे, मंगलबार, भदौ १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्