एमसिसीका उपाध्यक्ष क्यामरुन एलफोर्ड नेपालमा, प्रधानमन्त्रीसहित शीर्ष नेतालाई भेट्ने
बुधबारबाट नेपालमा उर्जा र सडक पूर्वाधार विकासमा ५ सय मिलियन अमेरिकी अनुदान सहयोग परियोजना एमसीसी सम्झौता कार्यान्वयनमा जाँदैछ।
काठमाडौं, भदौ १२ : अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का उपाध्यक्ष क्यामरुन एलफोर्ड नेपाल आइपुगेका छन्। उनी तीन भ्रमणका लागि मंगलबार दिउँसो नेपाल आएका हुन्।
अलफोर्ड एमसीसी कार्यान्वयनको औपचारिक घोषण ्हुने कार्यक्रममा सहभागी हुन काठमाडौं हुन्। उनी भदौ १५ गते स्वदेश फर्कनेछन्।
नेपाल भ्रमणमा रहँदा अलफोर्डले एमसीसीसँगै अन्य अमेरिकी परियोजना र स्थानीय सांस्कृतिक क्षेत्रमको भ्रमण गर्ने तथा प्रधानमन्त्री पुष्पकमल दाहालसहित प्रमुख राजनीतिक दलका नेताहरुलाई भेटघाट गर्ने कार्यक्रम छ।
बुधबारबाट नेपालमा उर्जा र सडक पूर्वाधार विकासमा ५ सय मिलियन अमेरिकी अनुदान सहयोग परियोजना एमसीसी सम्झौता कार्यान्वयनमा जाँदैछ। सम्झौता अनुसार ५ वर्षमा परियोजना सम्पन्न गर्नेगरी कार्यान्वयनमा जानेछ।
२०८५ साल भदौ १३ भित्रमा उक्त परियोजना सक्नुपर्ने हुन्छ।
प्रकाशित मिति: १७:५५ बजे, मंगलबार, भदौ १२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











