Kathmandu Press

कोशी प्रदेशमा राप्रपाले गठबन्धनलाई सहयोग गर्ने विशवास छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री हाहालले संसदीय समिति गठन गर्दा राप्रपासँग बनेको सहमतिको वातावरणले कोशीमा सरकार गठन र पूर्णतामा सहजता ल्याउने विश्वास गरे।
कोशी प्रदेशमा राप्रपाले गठबन्धनलाई सहयोग गर्ने विशवास छ : प्रधानमन्त्री दाहाल

काठमाडौं, भदौ १२ : प्रधानमन्त्री पुष्पकमल दाहालले कोशी प्रदेशमा राप्रपाले गठबन्धनलाई सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्।

मंगलबार संसद भवनबाट बाहिरने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री हाहालले संसदीय समिति गठन गर्दा राप्रपासँग बनेको सहमतिको वातावरणले कोशीमा सरकार गठन र पूर्णतामा सहजता ल्याउने विश्वास गरे।

उनले यस विषयमा दलहरुबीच सकारात्मक ढंगले छलफल हुने भन्दै सरकार फेल नखाने बरु सफल हुने तर्क गरे।

‘मलाई लाग्छ सरकार फेल खाएको छैन र फेल खाँदैन । सरकार सफल हुन्छ । छलफल सकारात्मक ढंगले नै अगाडि बढ्छ भन्ने मेरो विश्वास छ,’ उनले भने, ‘हिजो सदनमा समिति बनाउँदा जुन सहमतिको वातावरण बनेको छ, त्यसले सरकार गठन र पूर्णता दिने कुरामा पनि सहजता ल्याउँछ भन्ने मेरो विश्वास छ।’

यसअघि मंगलबार नै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले समितिको नेतृत्व लिइराख्दा कुनै प्रकारको अन्ख्य सहमति नभएको बताएका थिए।

प्रकाशित मिति: १७:०१ बजे, मंगलबार, भदौ १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्