गणपुरक नपुगेपछि संसद स्थगित, अर्को बैठक भदौ १८ मा
गणपुरक नपुग्दा केही नेपाल ऐन संशोधन विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन सकेन।
काठमाडौं, भदौ १२ : गणपुरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थागित भएको छ।
गणपुरक नपुग्दा केही नेपाल ऐन संशोधन विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन सकेन।
मंगलबार प्रतिनिधिसभामासैद्धान्तिक छलफलपछि सभामुख देवराज घिमिरेले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्न लाग्दा रास्वपा सांसद सुमना श्रेष्ठलगायतले संसदमा गणपूरक संख्या नपुगेकाले उक्त प्रस्ताव पेश गर्न नपाइने भन्दै नियमापत्ति गरेका थिए।
त्यसपछि सभामुख घिमिरेले गणपुरक संख्या एकिन गर्न ३ मिनेट घण्टी बजाएका थिए। प्रनितिधिसभामा गणपुरक पुग्न ६९ सांसद उपस्थित हुनुपर्नेमा ५९ जना सांसद मात्र उपस्थित रहेपछि सभामुख घिमिरेले प्रस्ताव पेश नगरी सो विषय कार्यसूचीबाट हटाएका थिए।
लगत्तै आजका लागि तय भएका अन्य विषय पनि कार्यसूचीबाट हटाउँदै संसद बैठक स्थागित गरेको बताए। सभामुख घिमिरेले अर्को बैठक भदौ १८ गते दिउँसो १ बजेका लागि बोलाएका छन्।











