Kathmandu Press

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि संसदमा छलफल

प्रचलित नेपाल ऐनमा समसामयिक सुधार गर्नका लागि सुधार गर्न केही नेपाल ऐनलाई संशोधन गर्न आवश्यक रहेको उल्लेख गर्दै कानुनमन्त्री गुरुङले यो विधेयक संसदमा दर्ता गराएका थिए।
केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि संसदमा छलफल

काठमाडौं, भदौ १२ : केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि संसदमा सैद्धान्तिक छलफल सुरु भएको छ।

संघीय संसद् प्रतिनिधिसभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गरेका थिए।

विभिन्न ७९ कानुनलाई संशोधन गर्नेगरी तयार पारिएको यो विधेयक गत वैशाख २६ गते प्रतिनिधिसभामा दर्ता भएको थियो। प्रचलित नेपाल ऐनमा समसामयिक सुधार गर्नका लागि सुधार गर्न केही नेपाल ऐनलाई संशोधन गर्न आवश्यक रहेको उल्लेख गर्दै कानुनमन्त्री गुरुङले यो विधेयक संसदमा दर्ता गराएका थिए।

उक्त विधेयक माथिको छलफलमा भाग लिनुहुँदै सांसद रमेश लेखकले मुलुकी फौजदारी कार्यविधिसंहिता संशोधनका लागि विधेयकमा राखिएका विषय थयास्थितिमा पारित गर्न नहुने त्यसमा थप छलफल तथा संशोधन गरी विधेयक अघि बढाउनु पर्ने बताए।।

सांसद महेश बर्तौलाले पनि एकैपटक धेरै विषय एउटै विधेयकमा राखेर संशोधन गर्दा कानुन निर्माणका सबै पक्षमा ध्यान पुग्न नसक्ने भएकाले छुट्टाछट्टै विधेयकका रुपमा ल्याइनुपर्ने धारणा राखे।

 

प्रकाशित मिति: १५:३२ बजे, मंगलबार, भदौ १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्