Kathmandu Press

सरकारलाई कानून पढाउन गौहत्याविरुद्ध कानुनका विद्यार्थीद्वरा माइतिघरमा प्रदर्शन

उनीहरुले गौहत्या गर्नेलाई कानून बमोजिम कारबाही गर्नुपर्ने बताउँदै सरकारले कारबाही नगरेर आफूहरुले त्यस्ता व्यक्तिलाई नछोड्ने पनि चेतावनी दिए।
सरकारलाई कानून पढाउन गौहत्याविरुद्ध कानुनका विद्यार्थीद्वरा माइतिघरमा प्रदर्शन

काठमाडौं, भदौ १२ : गौहात्याको विरोधमा विद्यार्थीहरुले काठमाडौंको माइतघरमा प्रदर्शन गरेका छन्। कानुन अध्ययन गरिहेकाका विद्यार्थीहरूले मंगलबार राष्ट्रिय जनावर गाई मार्नेलाई कारबाहीको माग गर्दै माइतीघरमा प्रदर्शन गरेका हुन्।

उनीहरुले ‘गाई मार्न पाइँदैन, कानूनको पालना गर, कानुन जान्दिन भन्न पाइँदैन, कानुन मान्दिनँ भन्न पाइँदैन’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।

cow_murder 11693301871.jpg

विरोध प्रदर्शनमा सहभागीले संविधानको विरुद्ध गाई मारेर खाने कार्य भइरहे पनि सरकार मुकदर्शक मात्र बनेको आरोप लगाए। प्रदर्शनमा सहभागीले भने, ‘गाईको हत्या भएको सरकार हेरेरमात्र बसिरहेको छ। सरकारलाई कानून पढाउने हिसाबले हामी यहाँ आएका हौं।’

उनीहरुले गौहत्या गर्नेलाई कानून बमोजिम कारबाही गर्नुपर्ने बताउँदै सरकारले कारबाही नगरेर आफूहरुले त्यस्ता व्यक्तिलाई नछोड्ने पनि चेतावनी दिए।

धरानमा समूहिमकरुपमा गोरुका काटेर खाएको भिडियो सामाजिकमा सञ्जालमा पोस्ट गरिएपछि देशैभर गौ हत्याको विरोध भइरहेको छ।

cow_murder 21693301900.jpg

प्रकाशित मिति: १५:१७ बजे, मंगलबार, भदौ १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्