Kathmandu Press

कांग्रेस केन्द्रीय समिति बैठक २ दिनपछि सार्ने तयारी

असोज २ गते बस्ने भनिएको बैठक सो दिन ऋषि पञ्चमी परेको र ३ गते संविधान दिवस परेकाले ४ गते बोलाउन लागिएको हो।
कांग्रेस केन्द्रीय समिति बैठक २ दिनपछि सार्ने तयारी

काठमाडौं, भदौ १२ : नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक असोज ४ गते बस्ने भएको छ।

केन्द्रीय समिति बैठक निर्धारित समयभन्दा दुई दिनपछि सार्ने तयारी कांग्रेसले गरेको छ। असोज २ गते बस्ने भनिएको बैठक सो दिन ऋषि पञ्चमी परेको र ३ गते संविधान दिवस परेकाले ४ गते बोलाउन लागिएको हो।

कांग्रेसको विधानमा प्रत्येक २ महिनामा केन्द्रीय समिति बैठक बस्ने व्यवस्था छ। सोही अनुसार असोज २ गते बैठक बोलाइएको थियो।

 

प्रकाशित मिति: १४:४६ बजे, मंगलबार, भदौ १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्