Kathmandu Press

‘सरकार टिकाउनैका लागि भ्रष्टाचारको फाइल खोलेको होइन’

‘अहिलेका कामहरू कुनै कुर्सी टिकाउनको लागि होइन। देश र जनतामा राजनीति माथि वितृष्णा छाएको केही हुन्न सबै उस्तै हुन् भन्ने भाषण निर्माण गर्न खोजिएको परिस्थितिलाई चिर्न सरकारले एकपछि अर्को राम्रो काम गर्दै आइरहेको छ।’
‘सरकार टिकाउनैका लागि भ्रष्टाचारको फाइल खोलेको होइन’

काठमाडौं, भदौ १२ : प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले खोलिएका भ्रष्टाचारका फाइलन सरकार टिकानैका लागि नखोलिएको बताएका छन्। प्रतिनिधिभामा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै उनले सबै प्रकारको भ्रष्टाचारको काण्डमा तथ्य र प्रमाणको आधारमा दोषीलाई कानूनको दायरमा ल्याउन प्रतिबद्ध रहेको बताए।

‘अहिलेका कामहरू कुनै कुर्सी टिकाउनको लागि होइन। देश र जनतामा राजनीति माथि वितृष्णा छाएको केही हुन्न सबै उस्तै हुन् भन्ने भाषण निर्माण गर्न खोजिएको परिस्थितिलाई चिर्न सरकारले एकपछि अर्को राम्रो काम गर्दै आइरहेको छ,’ रास्वपा सांसद असिम साहले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले भने।

प्रधानमन्त्री दाहालले अनुसन्धानका क्रममा प्रधानमन्त्री नै आए पनि भने छोड्न आवश्यक नभएको बताए। उनले प्रधानमन्त्रीले सरकार गठन भएदेखि सुशासनलाई प्राथमिकतामा राखेका उल् लेख गरे। त्यही कारण राजनीतिक प्रणालीप्रति जनतामा छाएको वितिष्णालाई चिर्न सफल भएको दाबी उनले गरे।

‘अहिले त्यो सम्बन्धी मुद्दा अदालतमा छ। उचित फैसला गर्छ भन्ने विश्वास लिएको छु। सरकारले भ्रष्टाचार विरोधी अभियान चलाइरहेको छ,’ उनले भने ‘भ्रष्टाचारलाई नियन्त्रण गर्न नीतिगत तथा संस्थागत सुधार प्रयास गरिएको छ।’

उनले कसैलाई बचाउने कसैलाई फसाउने नियतले काम नगरेको प्रष्ट्याए। उनले दोषी नउम्किन र निर्दोष नफसोस् भन्ने ढंगले काम गर्न निर्देशन दिएको बताए।

प्रकाशित मिति: १२:२४ बजे, मंगलबार, भदौ १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्