Kathmandu Press

प्रधानमन्त्री दहालले संसदमा भने- चीन भ्रमणका क्रममा नयाँ व्यापारिक नाका खोल्ने कुरा उठाउँछु

उनले नेपालको आर्थिक र व्यापार सम्बधलाई थप सघन बनाउने र नाकालाई सघन बनाउनुका साथै सहयोग विस्तारबारे पनि चिनियाँ पक्षसँग सम्वाद गर्ने बताए।
प्रधानमन्त्री दहालले संसदमा भने- चीन भ्रमणका क्रममा नयाँ व्यापारिक नाका खोल्ने कुरा उठाउँछु

काठमाडौं, भदौ १२ : प्रधानमन्त्री पुष्पकमल दाहालले चीन भ्रमणका क्रममा नयाँ व्यापारिक नाका खोल्ने विषयमा छलफल हुने बताएका छन्।

मंगलबार प्रतिनिधिसभामा सांसदहरुले गरेको प्रश्नको जावफ दिँदै उनले आसन्न चीन भ्रमणका क्रममा यसअघि भएको सहमति–समझदारी कार्यान्वयनमा जोड दिने बताए।

कांग्रेस सांसद उदयशम्शेर राणाले चीन भ्रमणको एजेण्डाबारे प्रश्नको जवाफ दिँदै उनले नेपालको आर्थिक र व्यापार सम्बधलाई थप सघन बनाउने र नाकालाई सघन बनाउनुका साथै सहयोग विस्तारबारे पनि चिनियाँ पक्षसँग सम्वाद गर्ने बताए।

‘नयाँ व्यापारिक नाका खोल्ने विषयमा कुराकानी हुने निश्चित भएको छ,’ एमाले सांसद ऐनबहादुर शाहीले सोधेको प्रश्नको जवाफ दिँदै उनले भने, ‘त्यससम्बन्धी मुगुको विषय पनि कुरा उठाउने र एउटा निष्कर्ष लिने कोसिस हुनेछ।’

प्रधानमन्त्री दाहालले सरकारले रारालगायतका पर्यटकीय क्षेत्रको विकासका लागि पनि प्राथमिकता दिने बताए।

 

प्रकाशित मिति: ११:५० बजे, मंगलबार, भदौ १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्