Kathmandu Press

सरकारको विरुद्ध षड्यन्त्र गर्नेहरु जनताको नजरमा गिर्दै जानेछन् : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री दाहालले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास र सुन तस्करीको सञ्जाल तोड्न गरिएको प्रयास यत्तिमै नरोकिने बताउँदै अझै अगाडि बढ्दै जाने बताए ।
सरकारको विरुद्ध षड्यन्त्र गर्नेहरु जनताको नजरमा गिर्दै जानेछन् : प्रधानमन्त्री दाहाल

काठमाडौं, भदौ १२ : प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारविरुद्ध षडयन्त्र गर्दै वर्तमान सत्ता गठबन्धन भत्काउने प्रयास भइरहेको बताएका छन्।

माओवादी केन्द्रको उपत्यका विशेष प्रदेश समितिले गरेको प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री दहालले सरकारविरुद्ध जति षड्यन्त्र गर्नेहरु जनताको नजरमा गिर्दै जाने बताए। उनले कसैले षड्यन्त्र गर्दैमा गठबन्धन नभत्कने पनि बताए।

ठूलो दुर्घटना भएन भने यो गठबन्धन ५ वर्ष जाने दाबी गर्दै उनले भने, ‘वर्तमान सत्ता गठबन्धन तोड्न जति बल गर्छन्, त्यति नै उनीहरु जनताको नजरमा गिर्दै जाने छन्।’

प्रधानमन्त्री दाहालले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास र सुन तस्करीको सञ्जाल तोड्न गरिएको प्रयास यत्तिमै नरोकिने बताउँदै अझै अगाडि बढ्दै जाने बताए । उनले यो समाजवाद र समृद्धिको आधार तयार पार्ने अभियान भएको पनि उल्लेख गरे।

उनले वर्तमान सरकारले अर्थतन्त्रमा सुधारको धेरै प्रयास गरेको भएपनि अर्थतन्त्र चलायमान भइनसकेको र सरकारको नीतिप्रति व्यवसायीहरु ढुक्क भइनसकेको बताए।

प्रकाशित मिति: ११:३४ बजे, मंगलबार, भदौ १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्