Kathmandu Press

प्रतिनिधिसभाका १० वटै समितिका सभापति निर्विरोध

प्रतिनिधिसभाअन्तर्गतका समितिको सभापतिका लागि आइतबार उम्मेदवारी प्रस्ताव दर्ता भएको थियो। नौ वटा विषयगत समितिमा एकल उम्मेदवारी र एउटा समितिमा दुई जनाको उम्मेदवारी परेको थियो।
प्रतिनिधिसभाका १० वटै समितिका सभापति निर्विरोध
सपथ ग्रहण गर्दै संसदीय समितिका सभापतिहरू।

काठमाडौं, भदौ ११ : प्रतिनिधिसभाअन्तर्गतका १० वटै समितिमा सभापति निर्विरोध निर्वाचित भएका छन्।

प्रतिनिधिसभाअन्तर्गतका समितिको सभापतिका लागि आइतबार उम्मेदवारी प्रस्ताव दर्ता भएको थियो। नौ वटा विषयगत समितिमा एकल उम्मेदवारी र एउटा समितिमा दुई जनाको उम्मेदवारी परेको थियो।

एकल उम्मेदवारी प्रस्ताव आएका समितिमा स्वतः सभापति घोषणा भए । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा जनमत पार्टीका अब्दुल खान र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीको उम्मेदवारी परेको थियो । तर, अन्तिम समयमा पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि खान निर्विरोध भए।

अर्थ समितिमा कांग्रेसका सन्तोष चालिसे, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा जसपाका राजकिशोर यादव निर्विरोध सभापति भन्दा कानुन, न्याय तथा मानवअधिकार समितिमा माओवादी केन्द्रका विमला सुवेदी, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा कांग्रेसका आरजु राणा देउवा, महिला तथा सामाजिक मामिला समितिमा एमालेका किरणकुमार साह र राज्य व्यवस्था तथा सुशासन समितिमा कांग्रेस रामहरि खतिवडा पनि निर्विरोध भए।

त्यसैगरी, पूर्वाधार विकास समितिमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंह, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा एकीकृत समाजवादीका भानुभक्त जोशी र सार्वजनिक लेखा समितिको सभापतिमा एमालेका ऋषिकेश पोखरेलको निर्वाचित भए।

प्रतिनिधिसभाको निर्वाचन भएको नौ महिनापछि मात्र संसदीय समितिले पूर्णता पाएका हुन्।

प्रकाशित मिति: १७:४० बजे, सोमबार, भदौ ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्