Kathmandu Press

रास्वपाका पराजुली ब्याक भएपछि जनमतका खान बने उद्योग समितिका सभापति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि खान सर्वसम्मत निर्वाचित भएका हुन्।
रास्वपाका पराजुली ब्याक भएपछि जनमतका खान बने उद्योग समितिका सभापति

काठमाडौं, भदौ ११ : प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा जनमत पार्टीका अब्दुल खान निर्वाचित भएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि खान सर्वसम्मत निर्वाचित भएका हुन्। समितिको आजको बैठकमा रास्वापका उमेदवार पराजुलीले आफ्नो उम्मेदवारी फिर्ता लिएर खानलाई समर्थन गरेको बताए।

दलीय सहमतिका आधारमा प्रतिनिधिसभाको ९ वटा विषयगत समिति सभापतिमा आइतबार नै सर्वसम्मत रुपमा सभापति चयन भए पनि  उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा भने दुईजनाको उम्मेदवारी परेको थियो।

जनमतका खान र रास्वपाका पराजुलीले उम्मेदवारी दिएकाले सोमबार निर्वाचन गर्नुपर्ने थियो। तर पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि खान सर्वसम्मत रुपमा सभापतिमा निर्वाचित भएका हुन्।

समितिका ज्येष्ठ सदस्य रणेन्द्र बराइलीले समितिको सभापतिमा खान निर्विरोध निर्वाचित भएको घोषणा गरे। रास्वपका उम्मेदवारले उमेद्वारी फिर्ता लिएर सहयोग गर्न आग्रह गर्नुभएकामा उम्मेदवार खानले आफूले अल्पसंख्यक समुदायको प्रतिनिधित्व गरेको हुनाले जनताको पक्षमा काम गर्ने हुटहुटी छ। मलाई मत दिएर सभापतिमा चयन गर्न आग्रह गर्दछु भनेको जानकारी गराए।

प्रकाशित मिति: १६:०६ बजे, सोमबार, भदौ ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्