Kathmandu Press

कांग्रेसले भदाै २४ देखि २६ सम्म बिपी साहित्य महोत्सव आयोजना गर्ने

सोमबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले जननायक वीपी कोइरालाको ११०औं जन्म जयन्तीलाई बिपी साहित्य महोत्सवका रुपमा मनाउने जानकारी गराएको हो।
कांग्रेसले भदाै २४ देखि २६ सम्म बिपी साहित्य महोत्सव आयोजना गर्ने

काठमाडाैं, भदाै ११ : नेपाली कांग्रेसले जननायक विश्वेश्वरप्रसाद कोइरालाको जन्मजयन्तीका अवसरमा बिपी साहित्य महोत्सव आयोजना गर्ने भएको छ।

सोमबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले जननायक बिपी कोइरालाको ११०औं जन्म जयन्तीलाई बिपी साहित्य महोत्सवका रुपमा मनाउने जानकारी गराएको हो।

भाद्र २४ लाई नेपाली कांग्रेसले हरेक वर्ष बी.पी. जन्म जयन्तीका रुपमा मनाउँदै आएको छ। बिपी साहित्य महोत्सव भाद्र २४, २५ र २६ गते पार्टी कार्यालयमा आयोजना गरिने कांग्रेस सूचना सञ्चार तथा प्रचार बिभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए।

साहित्य महोत्सवमा मनोविश्लेषणात्मक साहित्य र व्यक्तिसत्त, साहित्यमा पर्यावरण, समय र सबाल्र्टन, नेपालको मातृभाषा साहित्य, बिपीका आख्यानमा नारी लगाएतका बिषयमा बहस हुने उनले बताए।

महोत्सव अन्तर्गत कविता साँझ, गजल साँझ, साङ्गीतिक साँझ, चित्रकला प्रदर्शनी, वृत्तचित्र प्रदर्शनी र ऐतिहासिक फोटो प्रदर्शनी हुने विश्वकर्माले जानकारी दिए। 

प्रकाशित मिति: १४:५५ बजे, सोमबार, भदौ ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्