Kathmandu Press

धर्मभक्त प्रत्यारोपण केन्द्र छिट्टै नयाँ भवनमा सञ्चालन गर्ने स्वास्थ्यमन्त्री बस्नेतकाे प्रतिबद्वता

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले कम्तीमा पनि ३० रोपनी जग्गा उपलब्ध भए नयाँ भवन बनाएर तत्कालका लागि सेवा विस्तार गर्न सकिने जानकारी गराएका थिए।
धर्मभक्त प्रत्यारोपण केन्द्र छिट्टै नयाँ भवनमा सञ्चालन गर्ने स्वास्थ्यमन्त्री बस्नेतकाे प्रतिबद्वता

काठमाडाैं, भदाै ११ : स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका लागि छिट्टै जग्गा खोजेर नयाँ भवन बनाएर सेवा सञ्चालन गरिने प्रतिबद्वता व्यक्त गरेका छन्।

सोमबार केन्द्रको अनुगमनपछि स्वास्थ्य मन्त्री बस्नेतले उपयुक्त भवनको अभावमा केन्द्रले प्रदान गर्ने सेवा विस्तार हुन नसकेकाले जग्गा खोजेर त्यहाँ तत्काल नयाँ भवन बनाएर सेवा विस्तार गर्ने प्रतिबद्धता जनाए।

उनले सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विरामीहरुलाई प्रदान गरिरहेको सेवा र मिर्गौला तथा कलेजो प्रत्यारोपणमा गरिरहेको उल्लेखनीय कामको तुलनामा राज्यले गरेको लगानी न्यून भएकाले लगानी बढाउन पनि आफू सकारात्मक रहेको जिकिर गरे। उनले केन्द्रको सेवा सुविधा विस्तार गर्दै गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउन पनि आफूले पहल गर्ने बताए।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले कम्तीमा पनि ३० रोपनी जग्गा उपलब्ध भए नयाँ भवन बनाएर तत्कालका लागि सेवा विस्तार गर्न सकिने जानकारी गराएका थिए। केन्द्रले स्थापनाको एक दशकमा एक हजार एकसय ६ वटा मिर्गौला प्रत्यारोपण र १३ वटा कलेजोको सफल प्रत्यारोपण गरिसकेको उनले बताए। 

प्रकाशित मिति: १४:३७ बजे, सोमबार, भदौ ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्