डोल्पामा नेपाली सेनाका गुल्मपति सम्पर्कविहीन
डिएसपी शिवकुमार बुढाथोकीको कमान्डमा गुल्मपति पण्डितकाे खाेजी भइरहेकाे जनाइएकाे छ।
काठमाडौं, भदौ ११ : डोल्पा सदरमुकाम दुनैस्थित नेपाली सेनाको नन्द बक्स गुल्मका प्रमुख विमल पण्डित सम्पर्कविहीन भएका छन्।
आइतबार साँझदेखि उनी सम्पर्कविहीन भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले जानकारी दिए। उनकाे खोजीमा सेनासहित नेपाल प्रहरीको टोली पनि परिचालन गरिएको प्रजिअ पोख्रेलले बताए।
‘बडीगार्डलाई छाडेर एक्लै निस्किनुभएको रहेछ। हिजो साँझ त्रिपुरासुन्दरीमा हुनुहुन्थ्यो भन्ने जानकारी पायाैं। बडीगार्ड पनि नलगेपछि शंका भयाे। हिजोदेखि सम्पर्कमा नआएको हुँदा खोजीका लागि टोली परिचालन गरेका छौं,’ उनले भने, ‘अहिले यहाँ नेटवर्कको पनि समस्या छ। त्यसैले खोजीमा केही जटिलता छ।’
डिएसपी शिवकुमार बुढाथोकीको कमान्डमा गुल्मपति पण्डितकाे खाेजी भइरहेकाे जनाइएकाे छ।
प्रकाशित मिति: १४:२५ बजे, सोमबार, भदौ ११, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











