Kathmandu Press

शल्यक्रियाका क्रममा मिर्गौलाको नसा काटिएपछि बिरामीको मृत्यु

मृत्यु हुनेमा कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरी रहेको बताइएको छ। पत्थरीको शल्यक्रियाका क्रममा मिर्गौलाको नसा काटिएपछि अत्यधिक रक्तश्राव हुँदा आइतबार राति उनको मृत्यु भएको हो। 
शल्यक्रियाका क्रममा मिर्गौलाको नसा काटिएपछि बिरामीको मृत्यु

धनगढी, भदौ ११ : पत्थरीको शल्यक्रियाका क्रममा मिर्गौलाको नसा काटिएपछि कञ्चनपुरको धनगढीस्थित स्वस्तिक कार्डियाेस्थित मल्टिस्पिसियालिटी अस्पतालमा एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरी रहेको बताइएको छ। पत्थरीको शल्यक्रियाका क्रममा मिर्गौलाको नसा काटिएपछि अत्यधिक रक्तश्राव हुँदा आइतबार राति उनको मृत्यु भएको हो। 

त्यसक्रममा चिकित्सकले बायाँ मिर्गौला नै झिकिदिएको चौधरीका आफन्तको भनाइ छ। चौधरीको बायाँ मिर्गौलामा दुइटा र दायाँ मिर्गौलामा एउटा पत्थरी छ भन्दै बायाँ मिर्गौलामा रहेको पत्थरी झिक्न शनिबार दिउँसो ३ बजे शल्यक्रिया गरिएको थियो। 

चिकित्सकले शल्यक्रिया राम्रो भएकाे भन्दै  झिकेको पत्थरी पनि देखाए तर बिरामीकाे पेट फुल्न थालेपछि राति ८ बजेतिर किड्नीको नसा काटिएकाले अत्यधिक रक्तश्राव भएकाे र मिर्गौला झिकेर मात्र ज्यान बच्ने भनेपछि त्यसै गरेकाे तर आइतबार बिहान बिरामीकाे अवस्था जटिल भएर राति मृत्यु भएकाे आफन्तले बताएकाे छ।

आइतबार राति अस्पतालका अध्यक्ष महेश जोशीले ‘बिरामीको मृत्यु भइसक्यो, कति पैसा चाहिन्छ लिनू, हल्ला नगरिदिनू' भनेकाे पनि आफन्तकाे दाबी छ। अस्पतालका अध्यक्ष जोशीले अप्रेसनका क्रममा अत्यधिक रक्तश्राव भएपछि बायाँ मिर्गौला झिक्नुपरेको बताए।

प्रकाशित मिति: १२:५५ बजे, सोमबार, भदौ ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्