खेलकुदमन्त्री लिम्बूको स्वास्थ्यमा सुधार
शुक्रबार साँझ एक्कासि ज्वरो आएपछि शनिबार बिहान उपचारका लागि वीर अस्पतालमा भर्ना भएका खेलकुदमन्त्री लिम्बूको स्वास्थ्यमा सुधार आएको हो।
काठमाडौं, भदौ ११ : युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूको स्वास्थ्यमा सुधार आएको छ।
शुक्रबार साँझ एक्कासि ज्वरो आएपछि शनिबार बिहान उपचारका लागि वीर अस्पतालमा भर्ना भएका खेलकुदमन्त्री लिम्बूको स्वास्थ्यमा सुधार आएको हो।
मन्त्री लिम्बुका स्वकीय सचिव रोशन विक्रम राईले ज्वरो आएसँगै डेङ्गु सङ्क्रमण देखिएपछि उहाँ अस्पतालमा भर्ना हुनुभएको थियो। पछिल्लो समय मन्त्री लिम्बुको प्लेटलेट्सको मात्रा बढेको उनको भनाइ छ।
मन्त्री लिम्बु केही दिन पहिले मोरङका विभिन्न डेङ्गु प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री प्रदान गरी काठमाडौँ फर्किएका थिए। वीर अस्पतालमा भर्ना भएका मन्त्री लिम्बुलाई डा. ध्रुव गैरे नेतृत्वको टोलीले उपचार गरिरहेको छ ।
प्रकाशित मिति: १२:०४ बजे, सोमबार, भदौ ११, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार