Kathmandu Press

सर्वोच्चमा आजदेखि पेशी अटोमेसन प्रणालीबाट

अदालतको पेशी व्यवस्थापनलाई पारदर्शी बनाउन अटोमेसनबाट पेशी तोक्न लागिएको सर्वोच्च अदालतले जनाएको छ।
सर्वोच्चमा आजदेखि पेशी अटोमेसन प्रणालीबाट

काठमाडौं, भदौ ११ : सर्वोच्च अदालतमा आजदेखि अटोमेसन प्रणालीद्वारा पेशी तोकिने भएको छ। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आज अटोमेसन प्रणालीमा पेशी तोक्ने व्यवस्थाको उद्घाटन गर्नेछन्।
 
आजसम्म गोला प्रणालीबाट सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको पेशी तोक्ने गरिन्थ्यो। अब भने ‘डिजिटल सिस्टम’ले नै मुद्दाको पेशी तोकिने छ।

अदालतको पेशी व्यवस्थापनलाई पारदर्शी बनाउन अटोमेसनबाट पेशी तोक्न लागिएको सर्वोच्च अदालतले जनाएको छ।

प्रकाशित मिति: १०:५५ बजे, सोमबार, भदौ ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्