Kathmandu Press

गाइजात्राको अवसर पारेर अष्ट्रेलियामा ‘कमेडी नाइट’ हुँदै

कार्यक्रममा कमेडियन लेखमणी त्रिताल (रमेश अंकलको छोरो), उमेशकुमार गौतम (युकेजी), रुपक बुढाथोकी, रोहन सिलवाल, म्याक्स बाबु, बिजयजंग थापा लगायतका कलाकारहरुको प्रस्तुती रहने छ ।
गाइजात्राको अवसर पारेर अष्ट्रेलियामा ‘कमेडी नाइट’ हुँदै

काठमाडौं, भदौं ११ : गाईजात्राको अवसर पारेर अष्ट्रेलियाको सिड्नीमा नेपग्याजम कमेडी नाईट आयोजन हुने भएको छ । 

आगामी सेप्टेम्बर ३ मा सिड्नीको अबर्नस्थित सफायर फङ्सन सेन्टरमा थ्री बिज इन्टरटेन्मेन्टले नेपग्याजम कमेडी नाईट आयोजना गर्न लागेको हो । कार्यक्रममा कमेडियन लेखमणी त्रिताल (रमेश अंकलको छोरो), उमेशकुमार गौतम (युकेजी), रुपक बुढाथोकी, रोहन सिलवाल, म्याक्स बाबु, बिजयजंग थापा लगायतका कलाकारहरुको प्रस्तुती रहने छ ।

Hardik ivf

नेपाली कला संस्कृतीको जगेर्ना गर्ने उद्धेश्यका साथ विदेशी भूमिमा रहेका नेपालीलाई मनोरञ्जन दिनसमेत कमेडी नाइटको आयोजना गर्न लागिएको आयोजक संस्था थ्री बिज इन्टरटेन्मेन्टले जनाएको छ । गाईजात्रा र बुवाको मुख हेर्ने पर्वलाई लक्षित गरेर आयोजना गर्न लागिएको कार्यक्रमको प्रमुख प्रायोजक गोर्खा ज्युलरी रहेको छ । 

कार्यक्रमका लागि टिकटको मूल्य २२ डलर कायम गरिएको छ । विद्यार्थी लक्षित गरेर टिकटको मूल्य निर्धारण गरिएको आयोजक संस्थाका संस्थापक सन्दिप चौधरीले जानकारी दिए । यस्तै कार्यक्रममार्फत बिदेशी भुमिमा नेपालको संस्कृतिको जगेर्नाको लक्ष्य पनि राखिएको छ । अष्ट्रेलियामा उल्लेख्य संख्यमा नेपाली विद्यार्थीहरु अध्ययनरत छन् । 

नेपग्याजम युवापुस्ताद्धारा अत्याधिक रुचाईएको कमेडी च्यानल हो । नेपग्याजमका कमेडीयन यूकेजी र त्रितालले विगतमा सगरमाथाको कालापत्थरमा पुगेर आफ्नो कमेडी कला प्रस्तुत गर्दै विश्वको अग्लो स्थानमा स्ट्याण्डअप कमेडी गरेको रेकर्ड गिनिज बुक अफ वल्डमा लेखाएका थिए । 

नेपग्याजमका कमेडीयनहरुले देश तथा विदेशम विभिन्न अवसर पारेर आफ्ना प्रस्तुतीहरु पस्कदै आइरहेका छन् ।

प्रकाशित मिति: ०८:०३ बजे, सोमबार, भदौ ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्