Kathmandu Press

अभिनेता ताम्राकारको आर्यघाटमा अन्त्येष्टि

अन्त्येष्टि अगाडि उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि आर्यघाटमा केही समय राखिएको थियो।
अभिनेता ताम्राकारको आर्यघाटमा अन्त्येष्टि

काठमाडौं, भदौ १० : कलाकार तथा जादुगर सानु ताम्राकारको पार्थिव शरीरलाई आज पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ। अन्त्येष्टि अगाडि उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि आर्यघाटमा केही समय राखिएको थियो।

नेपाल चलचित्र कलाकार संघको संयोजनमा भएको श्रद्धाञ्जलि कार्यक्रममा उनको पार्थिव शरीरलाई कलाकार, आफन्त, शुभेच्छुकलगायतले श्रद्धाञ्जलि दिएका थिए। कलाकार ताम्राकारको ७४ वर्षको उमेरमा उपचारकै क्रममा शनिबार निधन भएको थियो।

Hardik ivf

कलाकार संघका पूर्वकार्यवाहक अध्यक्षसमेत रहेसक्नुभएका  कलाकार ताम्राकारलाई कलाकार संघको झण्डा ओढाएर श्रद्धाञ्जलि दिइएको थियो।

संघका अध्यक्ष मोहन निरौलाले कलाकार ताम्राकारको निधनबाट आफू मर्माहत भएको बताए। उनले भने, ‘विगत २८ दिनदेखि उपचाररत हामीमाझ रहनुभएन । उहाँको काम र कलाकारितासँगै चलचित्र क्षेत्रमा दिनुभएको योगदान हामीमाझ रहिरहने छ।’

मिर्गौलासम्बन्धी रोगले पीडित कलाकार ताम्राकारले गत असार २१ गते छोरा तथा अभिनेता सारुकको निधन भएपछि पुत्रवियोग समेत खेपेका थिए।

उनलाई अन्तिम श्रद्धाञ्जलि दिन चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, अभिनेता दीपकराज गिरी, निर्देशक दीपाश्री निरौला, केपी पाठक, नीर शाह, रवि गिरी, वसुन्धरा भुसाललगायतका कलाकर्मी आर्यघाट पुगेका थिए।

प्रकाशित मिति: २०:२७ बजे, आइतबार, भदौ १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्