भैंसेपाटीमा प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि निर्माण गरिएको आवासगृह हस्तान्तरण
प्रत्येक प्रदेशका लागि एउटा भवन निर्माण गरिएको छ भने त्यहाँ प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि छुट्टाछुट्टै ब्लक छन्।
काठकाडौं, भदौ १० : प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूका लागि निर्माण गरिएको आवासगृह हस्तान्तरण गरिएको छ। ललितपुरको भैंसेपाटीमा निमार्ण गरिएको उक्त आवास गृह एक कार्यक्रमबीच प्रधानमन्त्री पुष्पकमल दाहालले हस्तान्तरण गरे।
प्रत्येक प्रदेशका लागि एउटा भवन निर्माण गरिएको छ भने त्यहाँ प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि छुट्टाछुट्टै ब्लक छन्। सरकारी आवास तयार भएपछि प्रदेश प्रमुख र मुख्यमन्त्रीहरु काठमाडौं आउँदा यीनै भवनमा बस्न पाउनेछन्।
आवासगृह करिब ८५ करोड रुपैयाँ लागतमा निर्माण गरिएको हो। यी भवनमा मुख्यमन्त्री र प्रदेश प्रमुखले आफ्नो सम्पर्क कार्यालय समेत राख्न सक्नेछन्।
प्रकाशित मिति: १७:३५ बजे, आइतबार, भदौ १०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











