Kathmandu Press

‘न्यायपालिका सुधारका लागि भोलिबाटै अटोमेशनमा सुरु हुन्छ’

संवैधानिक तथा न्यायिक पत्रकार मञ्चले आयोजना गरेको कार्यक्रममा उनले न्यायलयको काम र अवस्था कठिन भएकाले समाचार प्रसार गर्दा संवेदनशील र सचेत हुन पत्रकारहरुलाई आग्रह गरे।
‘न्यायपालिका सुधारका लागि भोलिबाटै अटोमेशनमा सुरु हुन्छ’

काठमाडौं, भदौ १० : प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठले सूचना सम्प्रेषण गर्दा सही तथ्य र विचारहरुलाई उजागर गर्ने हो भने जनमानिसमा न्यायलयप्रति आस्था बढ्ने बताएका छन्।

संवैधानिक तथा न्यायिक पत्रकार मञ्चले आयोजना गरेको कार्यक्रममा उनले न्यायलयको काम र अवस्था कठिन भएकाले समाचार प्रसार गर्दा संवेदनशील र सचेत हुन पत्रकारहरुलाई आग्रह गरे।

प्रधानन्यायाधीश श्रेष्ठले न्यायपालिकाभित्र हुन सक्ने अनियमितताको कुरालाई विधिबाट सम्बोधन गर्नको लागि भोलिबाट पेस्की तारिक अटोमेशनको सुरुवात गर्न लागिएको जानकारी दिए।

पेशी तारिक तोक्दा प्रविधिबाट मात्रै तोकिने, मानव हस्तक्षेप नहुने हो भने न्यायलयभित्र रहेका अनियमिततालाई रोक्न सकिन्छ कि भन्ने विश्वासका साथ उक्त कार्यको सुरुवात गर्न लागिएको उनको बताए।

‘न्यायपालिका भित्र हुन सक्ने अनियमितताको कुरालाई विधिबाट सम्बोधन गनुपर्ने हुन्छ । सम्बोधन गर्ने क्रममा कति कुराहरु व्यवहारिक र सुष्म रुपमा परक गर्नुपर्ने हुन्छ,’ उलने भने, ‘हामी यसमा प्रविधिमैत्री भयौं भने समस्याहरू कम हुन्छ कि भनेर भोलि पेशी तारिक अटोमेशनको सुरुवात सर्वोच्च अदालतबाट गर्दैछांै ।’

प्रकाशित मिति: १७:०२ बजे, आइतबार, भदौ १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्